हवाई इन्धनको मूल्य वृद्धिका कारण अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडान बन्द

काठमाडौं । जेटस्टार न्युजिल्यान्डले मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेको भन्दै केही आन्तरिक सेवा तथा अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडान बन्द गरेको छ ।

कम्पनीले मे महिनाका १२ प्रतिशत उडान प्रभावित भएको जनाएको हो । जसमा यसको मुख्य हब अकल्यान्ड र क्राइस्टचर्च, वेलिङ्टन, सिड्नी तथा ब्रिसबेनबीचका उडानहरू पर्छन् ।

बीबीसीका अनुसार, एयरलाइनले धेरैजसो यात्रुहरूलाई विकल्पका रुपमा सोही दिनको अर्को उडानको प्रस्ताव गरिएको जनाएको छ ।

यसैबीच सोमबार, भियतनाम एयरलाइन्सले पनि इन्धनको मूल्य र उपलब्धताको चिन्ताका कारण हप्तामा झण्डै दुई दर्जन आन्तरिक उडान रद्द गरेको छ ।

म्यानमारका एयरलाइन्सले पनि आफ्नो आन्तरिक उडान तालिकामा कटौती गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार