अर्थमन्त्रीमा डा. स्वर्णिम

राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेलाई नै अगाडि सार्ने भएको छ।

चर्चित अर्थशास्त्रीसमेत रहेका वाग्लेलाई नै अर्थमन्त्रालयको जिम्मेवारी दिन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच सहमति जुटेको स्रोतको दाबी छ।

बालेननिकट स्रोतका अनुसार अर्थमन्त्रीमा वाग्लेको नाम निर्विकल्प देखिएको हो। सामाजिक, शैक्षिक र विज्ञताको हिसाबले पनि परिपक्व भन्दै वाग्लेलाई अर्थको जिम्मेवारी दिनु उपयुक्त हुने निष्कर्ष निकालिएको हो ।

सभापति लामिछानेनिकट स्रोतका अनुसार अर्थमन्त्रीमा वाग्ले निर्विकल्प देखिएका छन् । यसअघि नै रविले वाग्लेलाई एक कार्यक्रममा आगामी वर्षको बजेट लेख्न थाल्न भनेका थिए । रास्वपाबाट अरू मन्त्रालयमा २ देखि ५ जनासम्म आकांक्षी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार