यस्ता छन्, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा दिएको राजीनामा अस्वीकृत गरेको छ ।

चैत ६ गतेदेखि सुरु भएको बैठक आइतबार बिहानदेखि रातिसम्म करिब १२ घण्टा सञ्चालन भई सम्पन्न भएको हो । बैठक पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो ।

बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी कुनै एक व्यक्ति वा सीमित नेतृत्वको मात्र नभई समग्र पार्टीको साझा दायित्व भएको निष्कर्ष निकालेको छ । साथै, वर्तमान राजनीतिक परिस्थितिमा सभापति थापाको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनको राजीनामा सर्वसम्मत रुपमा अस्वीकृत गरिएको जनाइएको छ ।

यस्तै, बैठकमा उपसभापति शर्माले प्रस्तुत गरेको प्रारम्भिक समीक्षा प्रतिवेदन सुझावसहित परिमार्जन गरेर पारित गरिएको छ। अन्तर्राष्ट्रिय सन्दर्भमा, मध्यपूर्वमा चर्किएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले यथाशीघ्र युद्ध अन्त्यको अपेक्षा गरेको छ। युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकारलाई सक्रिय हुन आग्रह गरिएको छ।

प्रतिक्रिया