घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन, बिहीबार (चैत ५) तोलामा ५४ सयले घटेको हो ।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ ।

NMB Bank
अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको छ।

बुधबार पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया