पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, कुन-कुनको बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।

बढेपछि कायम हुने नयाँ मूल्य शनिबार मध्यरात १२ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ ।

अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार