अन्तत: ओलीले दिए बयान

काठमाडौै । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन् ।

आइतबार भक्तपुरको गुण्डुमा पुगेर जाँचबुझ आयोगको टोलीले ओलीको लिखित रूपमा बयान लिएको हो ।

ओलीलाई गत भदौ २३ को आन्दोलनमा निर्वाह गरेको भूमिका र भदौ २४ को घटनाको विषयमा केन्द्रित रहेर लिखित रूपमा प्रश्न सोधिएको छ । करिब ५० वटा प्रश्न बनाएर आयोगले ओलीलाई लिखित रूपमा प्रश्न सोधेको छ ।

प्रतिक्रिया