सुनको मूल्यमा उच्च वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि आएको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ५ हजार २०० रुपैयाँले बढ्दै २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको हो । तथापि, अघिल्लो दिन सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढ्दै ३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार