काठमाडौं । सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा जाने गरेको सुक्खा पहिरोको अध्ययन गर्न भू-गर्भविदको टोली खटिएको छ ।
सो सुक्खा पहिरोका कारण मानवबस्ती नै जोखिममा परेकाले अध्ययनका गर्न भूगर्भविदको टोली खटिएको हो ।
पहिरोका कारण करिब दुई सय रोपनी जमिन क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरणबाट ४ जनाको टोली अध्ययनका लागि खटिएका छन् ।


प्रतिक्रिया