आगामी निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडौं । सरकारले आगामी फागुन २१ मा घोषणा गरिएको निर्वाचनका लागि सुरक्षा नेपाली सेना परिचालन गर्ने भएको छ ।

सुरक्षाा चुनौती थप जटिल बन्दै गएपछपि सरकारले बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर निर्वाचनमा सेना परिचालन गर्ने गरी मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको सुरक्षा परिषद्को ४१ औं बैठकले संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन आवश्यक ठहर गर्दै सोसम्बन्धी सिफारिस मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ ।

सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन कुनै हालतमा नसारिने र निर्धारित मितिमै सम्पन्न गरिने दृढता व्यक्त गरेकी छन् ।

बारामा पछिल्लो दिन देखिएको हिंसा तथा अन्य केही जिल्लामा हुनसक्ने थप हिंसालाई नियन्त्रण गर्ने उद्देश्यले छिटोभन्दा छिटो सेना परिचालन गर्ने गरी गृहकार्य अघि बढाइएको हो । भदौ २३ र २४ गतेका घटनाका क्रममा सुरक्षाकर्मीबाट लुटिएका १ हजार १ सयभन्दा बढी हतियारमध्ये करिब पाँच सय अझै फिर्ता नआएकाले आगामी निर्वाचनमा व्यापक सुरक्षा चुनौती देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार