काठमाडौं । नेपालले सन् २०२५ का लागि सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस प्राप्त गरेको छ ।
सार्वभौम क्रेिडट रेटिङ मुलुकको सामाजिक, राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताजस्ता विषयवस्तुमा निर्धारण गरिन्छ ।
यसले परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ ।




प्रतिक्रिया