काठमाडौं । मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका प्रसाई सोमबार मध्यरातमा आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ।
उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोप लगाइएको छ। प्रसाईंले सोमबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो आन्दोलन नरोकिने घोषणासहित मेची-महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए ।
प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।
प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौंंमा शक्ति प्रदर्शन गर्ने भनिएको थियो ।
फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायत प्रसाईंंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आग्रह गरिरहेका थिए ।


प्रतिक्रिया