प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे ३ अंकले बढेको छ।

सेसन अवधिमा नेप्से ३.३१ अंक बढेर २५४३.८८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ । प्रि सेसनमा ३५ कम्पनीको कारोबार हुँदा १६ वटाको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

सेसनभर ४ हजार ६५६ कित्ता सेयर खरिदबिक्री हुँदा २५ लाख ५ हजार ६४६ रुपैयाँ ६० पैसाबराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार