वाणिज्य बैंकहरुको व्याजदर घट्यो

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घटाएको छ । २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याज दरअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याज दरमा गिरावट आएको हो ।

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६ प्रतिशत विन्दुले घटेको हो ।

कात्तिक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याज दर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनामा ५.०४०५ प्रतिशत कायम भएको छ ।

व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज दर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै छ ।

१० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउँदा १० बैंकले स्थिर राखेको हो । ब्याजदर घटाउने बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार