काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन गर्नका लागि वातावरण बनिसकेको बताएका छन् ।
दक्षिण कोरिया भ्रमणका क्रममा शुक्रबार सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
“फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ”, सञ्चारमन्त्री खरेलले भने, “भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।”



प्रतिक्रिया