म अध्यक्ष पद छाड्ने मनस्थितिमा छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ पदलोलुप नभएको बताएका छन् । तर उनले आफू अहिलै नै जिम्मेवारीबाट नपन्छिने नकसक्ने बताए ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने, ‘त्यसैलै अहिले पनि म हुनै पर्ने भन्ने छैन।राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’

उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेको समेत जिकिर गरे।

प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दववा बढाउँदै लगेका थिए।

त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

आजको केन्द्रीय समितिबाट उक्त प्रस्तावलाई अनुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार