काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई आन्दोलनकाे म्यानडेटबमोजिम काक गर्न सुझाव दिएका छन् ।
बुधबार प्रधानमन्त्री सुशीलालाई भेट्न सिंहदरबार पुगेका बालेन र प्रधानमन्त्रीबिच भएको कुराकानीका क्रममा बालेनले यस्तो सुझाव दिएका हुन् ।
प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताइन्, निर्वाचन र सुशासनलाई प्राथमिकता दिने बताइन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो भेटघाट हो । विशेषगरी आन्दोलनको माग र मुद्दामा केन्द्रित थियो,’ बालेन स्रोतले भन्यो ।
जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् ।
भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी सहित सचिवालयका सदस्यहरू थिए । यस्तै मेयर शाहको तर्फबाट सहयोगी कुमार बेन सहितको टोली थियो । छलफल करिब ३० मिनेट चलेको थियो ।


प्रतिक्रिया