उर्जामन्त्री घिसिङ र हितेन्द्रबीच थप मनमुटाव

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमानसिंह घिसिङ र हितेन्द्रदेव शाक्यबीच थप द्वन्द्व सुरु भएको छ । मन्त्री कुलमानसिंहले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका छन् ।

विगत लामो समयदेखि रहेको घिसिङ–शाक्यबीचको कानूनी र पदीय टकराव कुलमानले मन्त्री नियुक्त भइसकेपछि नयाँ अध्यायमा प्रवेश गराएका हुन् ।

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीचको अघोषित संघर्ष यो नयाँ होइन । कुलमान घिसिङको पहिलो कार्यकालमा शाक्यले प्राधिकरणको उपकार्यकारी निर्देशकका रूपमा उनको मातहतमा काम गरेका थिए । एउटा राम्रो इन्जिनियरका रुपमा घिसिङलाई सफल बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्राधिकरणकै कर्मचारीहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार