काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको माग गर्दै प्रदेर्शन गरेको छ ।
नक्कली भुटानी प्रकरणमा संलग्न मूल दोषीलाई कारबाही गर्न माग गर्दै सो समाजले आइतबार सिंहदरबारअगाडि प्रदर्शन गरेको हो ।
समाजले सिंहदरबारको दक्षिणतर्फको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरूले ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’‚ ‘शीर्ष नेता भ्रष्ट छन् । ‘नेपाल जनता त्रस्त छन्’, ‘शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।








प्रतिक्रिया