बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ । सोमबार ‘जेनजी’ प्रदर्शनकारीको एक समूहले उनको घरमा तोडफोड गरेको हो ।
तिलोत्तमा नगरपालिका–४ मणिग्राममा रहेको खाँणको घरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर जानकारी दिए ।
उनका अनुसार, प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।






प्रतिक्रिया