काठमाडौं । २०११ सालमा महेन्द्र शाह राजा भएका हुन् । उनी राजा बन्दा मुलुकमा प्रजातन्त्र आइसकेको थियो ।
मुलुक जहानिया राणा शासनबाट मुक्त भए पनि भारतीय हस्तक्षेत्राट नेपाल मुक्त हुन सकेको थिएन ।
तत्कालीन आवस्थामा विश्वले नेपाललाई भारतको आँखाबाट हेर्ने गथ्र्यो । त्यसैगरी नेपालले कुनै गतिविधि गरे भारतीय दूतावासलाई जानकारी गराउनुपर्दथ्यो । नेपालमा भारतीय मुद्रा नै प्रचलनमा थियो । यो कुरा महेन्द्रलाई मन परेको थिएन । अर्थात् उनी भारतको हस्तक्षेपबाट नेपाललाई बचाउन खोज्थे ।
यहीबीचमा उनले उत्तरतर्फको चीनको सहयोग लिने मनसाय बनाए । र, भारतस्थित चिनियाँ राजदूतावासमा रहेका चिनियाँ कर्मचारीमार्फत् सम्बन्ध सुधारको प्रयास गरे ।
नेपालमा राजा र चिनियाँ पक्षबीच पाँच दिन गोप्य वार्ता भयो । यसैको परिणामस्वरुप २०१२ साउन १७ गते नेपाल र चीनबीच सामान्य कूटनीतिक अभ्यासको सुरुवात भएको थियो ।
यस समयमा चीनमा माओले शासन गरिरहेका थिए । यसपछि पनि नेपाल र चीनबीच केही होमवर्क भए । यिनै अभ्यासपछि २०१३ साल असोज ५ गते नेपाल र चीनबीच दौत्य सम्बन्ध भयो ।
योसँगै नेपालमा भारतको एक किसिमको दादागिरि कम भयो । नेपाल चीन दौत्य सम्बन्ध प्रधानमन्त्री टंकप्रसाद आचार्य प्रधानमन्त्री भएसँगै भएको थियो । प्रधानमन्त्री आचार्यले प्रधानमन्त्री भएपछि भारत जाने परम्परा तोडी चीनको भ्रमण गरेका थिए ।
नेपालको इतिहासमा प्रधानमन्त्री भएपछि सर्वप्रथम चीनको भ्रमण गर्ने प्रधानमनत्री यिनै बने । यो बीचमा निर्वाचन भई २०१६ मा नेपालले निर्वाचित प्रधानमन्त्रीको रुपमा वीपी कोइराला पाइसकेको थियो । यद्यपि उनको शासन लामो समयसम्म टिक्न सकेन । राजा महेन्द्रले पुनः शासन आफ्नो हातमा लिए । उनकै पालामा नेपाल चीनको सीमा नाकामा नेपालमा भारतीय सेनाका १८ वटामध्ये १७ वटा चेकपोस्ट हटाइएको थिए । तर, १८औँ चेकपोस्ट भने हटाइएको थिएन । जुन ठाउँ हो दार्चुलाको कालापानी ।


प्रतिक्रिया