सुनको मूल्य बढेको बढ्यै

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो ।

चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सोमबारको बजारमा चाँदी दुई हजार ४७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

आईतबारको बजारमा दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि चाँदीको मूल्य पनि रेकर्ड बनाउदै बढेको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार