काठमाडौं । मोटरसाइकलको आवाज चर्को बनाएर चलाएको निहुँमा एक युवाको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
भदौ ७ गते राति करिब ११ बजे स्याङ्जा वालिङ नगरपालिका–५ जर्कोटका ३२ वर्षीय ढालबहादुर थापालाई कुटपिट गरी हत्या गरिएको हो ।
उनी त्यस बेला मोटरसाइकल चलाएर गाउँमै ओहोरदोहोर गरिरहेका थिए। दिउँसो त्यही ठाउँमा भलिबल खेल भइरहेकाले युवाहरूको जमात ठूलो थियो।
जिल्ला प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिएर विशेष अपरेसन टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।




प्रतिक्रिया