महिला तथा किशोरीबाट डिम्ब निकाल्ने काम बन्द गर्न सर्वोच्चको आदेश ‍‍‍(आदेशसहित

काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । साथै, आदालतले डिम्ब निष्काशन तथा भण्डारणको कार्य रोकेर नियमन र निगरानी प्रभावकारी बनाउन सरकारका आदेशसमेत जारी गरेको छ ।

अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै १ भदौमा रिट दायर गरेका थिए ।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइगोनिसिस्ट प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि यससम्बन्धमा सर्वोच्च अदालतमा रिट परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार