विस्फोट र आगलागीमा परी ३६ जनाको मृत्यु, तीन दर्जन घाइते

काठमाडौं । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा भएको ठूलो विस्फोट र आगलागीमा परी कम्तीमा ३६ जनाको ज्यान गएको छ भने करिब तीन दर्जन घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार सोमबार भएको सो घटनामा परी उल्लेखित घटना भएको हो ।

राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवाले जनाएको छ ।

प्रतिक्रिया