काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको पक्षमा फैसला सुनाएको छ ।
ट्रम्पले गत जनवरी २० मा आफ्नो शपथको दिन एक कार्यकारी आदेश जारी गर्दै अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध रोक लगाउने बताएका थिए । तर यो आदेशलाई तल्लो अदालतका न्यायाधीशहरूले रोक लगाएका थिए ।
तर,सर्वोच्च अदालतले तल्लो अदालतको आदेशलाई बेवास्था गर्दै ट्रम्पकै पक्षमा आदेश जारी गरेको हो । जसलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ।
सर्वोच्चले ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशमाथि तल्लो अदालतका न्यायाधीशहरूले देशभर प्रभाव पर्ने गरी रोक लगाउन नसक्ने र उनीहरूले आफ्नै आदेशमा पुनर्विचार गर्नुपर्ने फैसला सुनाएको हो ।
सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई अब कम्तिमा हालका लागि अमेरिकी भूमिमा जन्मेका सबैलाई जन्मसिद्ध नागरिकता नदिने ढोका खोलेको छ ।
बीबीसीका अनुसार अब यसअघिको आफ्नो योजना कार्यान्वयन गर्नुपर्ने ट्रम्प प्रशासनका लागि यो सहज काम नभएको विश्लेषण गरिएको छ ।
सर्वोच्चको फैसलापछि नागरिकता विषयमा तल्ला अदालतका न्यायाधीशको अधिकार सीमित भएको छ । जसले गर्दा उनीहरूले ट्रम्पलाई रोक्न कठिन हुनेछ ।
अदालतले अहिले पूर्ण निर्णय सुनाइसकेको छैन । तर ट्रम्पले यो फैसला आफूले हासिल गरेको ठूलो जीतका रूपमा लिएको बीबीसीले जनाएको छ ।





प्रतिक्रिया