काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा कानुनी नभई राजनीतिक रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष नेपालविरुद्ध लगाइएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको उनले बताए ।
पतञ्जलि प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलिमाथि छानबिन हुन आवश्यक रहेको निष्कर्ष निकालेको पाण्डेको भनाइ छ ।




प्रतिक्रिया