६ प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्रीलाई १७ बुँदे पत्र

काठमाडौं । ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे साझापत्र बुझाएका छन् ।

गण्डकी प्रदेश पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकपश्चात तयार साझापत्र शुक्रबार प्रधानमन्त्री बुझाएका हुन् ।

पत्रमा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत, कानुनी र व्यावहारिक विषयको सम्बोधनमा जोड दिन भनिएको छ ।
यसरी पत्र बुझाउनेमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका मुख्यमन्त्री मात्रै छन् ।

तर, कोशी प्रदेशका मुख्यमन्त्री भने सहभागी थिएनन् ।

प्रतिक्रिया