निजी शिक्षकलाई सरकारीसरह तलब उपलब्ध गराउन बालेनको निर्देशन, सञ्चालक असन्तुष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर मेयर बालेन शाहले सरकारी विद्यालयले शिक्षकलाई तलब सुविधा दिन निजी विद्यालयलाई निर्देशन दिएका छन् ।

शिक्षा ऐन २०२८ र महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७८ लाई उधृत गर्दै उनले निजी विद्यालयमा कार्यरत शिक्षकलाई सरकारीसरह तलब दिन निर्देशन दिएका हु्न् ।

साथै, उनले सरकारी शिक्षकलाई सरकारी शिक्षकसरको तलब नपाए उजुरी गर्न आग्रह गरेका छन् ।

तर, यो निर्देशनप्रति विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा ‘शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम हुनेछ’ भन्ने व्यवस्था राखिएको छ ।

महानगर शिक्षा शाखाका अनुसार काठमाडौं महानगरपालिकाभित्र ५०४ संस्थागत विद्यालय छन् ।

प्रतिक्रिया