काठमाडौँ। नेपाल राष्ट्र बैंकका सम्भावित गभर्नर डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन खारेज भएको छ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्तिमा कानुनी प्रक्रिया नपुगेको भन्दै रिट दायर गरेका थिए।
रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिबाट प्रस्ताव नगरिएको, पत्रपत्रिकाको आधारमा निवेदन दर्ता गरिएको र जनहितमा कसरी असर परेको भन्ने विषय स्पष्ट नभएको उल्लेख गर्दै सर्वोच्च अदालतले दरपिठ गर्ने निर्णय गरेको हो।
यससँगै डा. पौडेलको गभर्नर नियुक्तिका विषयमा देखिएको कानुन अन्योल हटेको देखिन्छ।







प्रतिक्रिया