बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयर शिवाकोटीलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ। नाबालिग बलात्कार आरोपमा थुनामा रहेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरको इलाम इजलासले धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको छ।

न्यायाधीश किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले उनलाई २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

शिवाकोटीमाथि घरमा कामदारका रूपमा राखिएकी १५ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप छ। घटनाबारे पीडितले ‘आफन्त नेपाल’ संस्थालाई जानकारी गराएपछि उद्धार गरिएकी थिइन्।

यसअघि झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो तर उनले स्वास्थ्य अवस्था कारण अस्पतालमै बस्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार