यस्तो छ,आज दिनभरको मौसमको पूर्वानुमान

काठमाडौं । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगर लगायतशहरमा हल्का पानी पर्ने सम्भावना छ । सबैभन्दा धेरै तापक्रम भैरहवामा र सबैभन्दा कम जोमसोम र जुम्लामा हुने महाशाखाको अनुमान छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

 

प्रतिक्रिया