संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घका निकायहरूलाई “अमेरिका विरोधी” आस्था वा सम्बद्धता भए नभएको खुलाउन आग्रह गर्दै पत्र पठाएको छ।
अमेरिकाको अफिस मेनेजमेन्ट एन्ड बजेट (ओएमबी)ले ३६ वटा प्रश्नसहित पठाएको पत्र बीबीसीले हेरेको छ। जसमध्ये एउटा प्रश्न राष्ट्रसङ्घीय निकायहरूको सम्बन्ध कम्युनिस्टसँग भए नभएको बारे छ।
यस्तो प्रश्न सोधिएका निकायहरूमध्ये संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी र रेडक्रसको अन्तर्राष्ट्रिय समिति सहितका विश्वका ठूला मानवीय सहायता निकायहरू पनि छन्।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएकै दिन अमेरिका विश्व स्वास्थ्य सङ्घटनबाट बाहिरिएको थियो।
गत साता मात्रै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यूएसएआईडी अन्तर्गतका अधिकांश परियोजनाहरू खारेज भएको घोषणा गरेका थिए।







प्रतिक्रिया