काठमाडौँ । निरन्तर परेको वर्षाका कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ ।
नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए छन् ।
‘पानीमा सडक विस्तारको काम गर्न नसकिने भएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिनुपर्ने उनले भने ।
सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पानीले भिजाएर बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काम गर्नुपर्ने उनले बताए ।
‘यस वर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो र पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।
साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको थियाे । नारायणगढ बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ ।




प्रतिक्रिया