पहिलो ुपोजेटिभ इम्प्याक्ट रेटिङु प्राप्त गर्ने शैक्षिक संस्था बन्यो ब्रिटिस कलेज

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज ९टिबिसी० पोजेटिभ इम्प्याक्ट रेटिङ ९पिआइआर० प्राप्त गर्ने नेपालको पहिलो कलेज बनेको छ।

ुपिआइआर २०२४ लेभल ३ः प्रगतिशिल शैक्षिक संस्थाु मा सूचीकृत हुँदै कलेजले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

कलेजले प्रदान गर्दै आएको सेवा सुविधामा स्थिरता, निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वको काम तथा शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण विश्वव्यापी मान्यता प्राप्त मूल्यांकन गर्ने संस्था पिआइआरले टिबिसीको नाम सूचीकृत गरेको हो।

पिआइआरले संस्थाको स्थिरता, नीति तथा नियमहरूका साथै संस्थाले समाजप्रति निर्वाह गर्दै आएको भूमिकाका बारेमा मूल्यांकन गर्दै आएको छ।

साथै, सामाजिक चुनौतीहरूलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्छन् भन्ने कुरामा पनि पिआइआर केन्द्रीत छ।

ब्रिटिस कलेजको सस्टेनेबिलिटी युनिटले शिक्षामा स्थिरता, अनुसन्धानात्मक कार्यक्रमहरूका साथै, साझेदारहरू मार्फत समग्र शैक्षिक वातावरण सिर्जना गरेको छ।

कलेजले आफ्नो पाठ्यक्रममा दिगो विकास लक्ष्य ९एसडिजी० एकीकृत गर्न, नवाचारलाई प्रोत्साहित गर्न र जलवायु शिक्षा अघि बढाउन धेरै पहलहरू कार्यान्वयन गर्दै आएको छ।

यो उपलब्धिबारे ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा। प्याट्रिक म्याकक्रुडनले भने, ुपिआइआर रेटिङ मूल्यांकन सर्वेक्षणबाट ब्रिटिस कलेजले पाएको उपलब्धि महत्त्वपूर्ण छ। यस रेटिङले ब्रिटिस कलेजको शिक्षा कस्तो छ भन्ने थप प्रस्ट पारेको छ भने यस्ता सर्वेक्षणहरूले हाम्रा प्रयासहरुलाई अन्तर्राष्ट्रिय रुपबाट समेत मार्गदर्शन गरेको छ।ु

 

प्रतिक्रिया

सम्बन्धित समाचार