काठमाडाैँ। झापाको कमल गाउँपालिकामा मोटरसाइकल कुकुरसँग ठोक्किएर एकजनाको मृत्यु भएको छ ।
झापाको केर्खा बाट दमक आँउदै गरेको प्र १-०१-०१४ प ८९१४ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका कमल गाउँपालिका ५ सावित्र चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरसँग ठोक्किएर दुर्घटना भएका थियो । घटनामा दुई जना घाइते भएका थिए ।
घाइतेमध्ये मोटरसाइकल पछाडि सवार रहेका शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हाे ।
अर्का घाइते २६ वर्षीय मोटरसाइकल चालक पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।







प्रतिक्रिया