चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट

काठमाडौँ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ ।

भरतपुर महानगरपालिकाले कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको हो ।  उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ ।

निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ ।

रंगशालाको थप पूर्वाधार निर्माणका लागि १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।

रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ ।एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार