भारतीय फिल्म ‘कल्की २८९८ एडी’ हलमा लाग्यो

काठमाडाैँ। बहुप्रतिष्ठित भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार रिलिज भएको छ ।

प्रभास स्टारर साइन्स फिक्सन फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्ममा अमिता बच्चन, दीपिका पादुकोण, कमल हसन र दिशा पटानीको समेत  भूमिका छ ।

६०० भारु बजेटमा निर्माण भएको यो फिल्म हिन्दी र तेलुगू भाषामा विश्वव्यापी रिलिज भएको हो । फिल्मलाई नेपाली हलले उच्च शो दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार