तेस्रो पटक भारत विश्वकपकाे उपाधि नजिक

काठमाडाैँ । भारत टी २० विश्वकपको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न सेमिफाइनलमा साविक विजेता इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।

यसअघि भारतले पहिला ब्याटिग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८ः१५ बजेदेखि हुने भएको छ ।

भारत विश्वकपमा अपराजित हुँदै तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यस्तै, दक्षिण अफ्रिका अपराजित हुँदै पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको ।

प्रतिक्रिया

सम्बन्धित समाचार