काठमाडाैँ। कञ्चनपुरमा चलिरहेको पंखा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ ।
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुलमा पंखा चलाएर बसेको अवस्थामा शरीरमा खसेको हो । पंखा खसेपछि उनी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया