टी २० विश्वकपमा प्याट कमिन्सले बनाए दुर्लभ कीर्तिमान

काठमाडौं । जारी टी २० विश्वकपमा अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले दुर्लभ कीर्तिमानी बनाएका छन् । उनले लगातार दुई खेलमा ह्याट्रिक विकेट लिँदै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

कमिन्सले आइतबार बिहान अफगानिस्तानविरुद्ध सुपर ८ को खेलमा ह्याट्रिक विकेट लिँदै लगातार दुई खेलमा ह्याट्रिक लिने खेलाडी बनेका हुन् ।

कमिन्स टी २० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका हुन् । टी २० विश्वकप इतिहासमै दुई पटक ह्याट्रिक विकेट लिने उनी एक मात्र बलरसमेत बनेका छन् ।

सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा कमिन्सले १८ औँ ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान रासिद खानलाई आउट गर्दै पहिलो विकेट लिएका थिए ।

त्यसपछि २० औँ ओभरको पहिलो बलमा करिम जन्नत र दोस्रो बलमा गुल्वादिन नैवलाई आउट गर्दै ह्याट्रिक गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले राम्रो सुरुआत गरे पनि कमिन्सको ह्याट्रिक विकेटसँगै खेलमा पराजित बन्न पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार