फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेले

काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति भएको समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् ।

लाइपजिगमा भएको खेलमा फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा नेदरल्याण्ड्सका जाभी सिमोन्सले गोल गरेपनि भिएआरले मान्यता नदिँदा डच टोली ३ अंक जोड्नबाट बन्चित भएको थियो ।

बराबरीपछि दुवैले एक एक अंक पाएका छन् । दुई खेलबाट फ्रान्स र नेदरल्याण्ड्स दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेदरल्याण्ड्स अगाडि छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार