किन भासियो कहिल्यै नसुत्ने सहर ?

काठमाडौं । अमेरिकाको आर्थिक राजधानी भनेर चिनिने न्यूयोर्कमा ठडिएका गगनचुम्बी भवनहरूको वजनका कारण सहरमुनिको जमिन भासिन थालेको छ।

तर यस्तो समस्या भोगिरहेको तटीय सहर यो मात्रै चाहिँ होइन। कङ्क्रिटको जङ्गल भेट्न समुद्र सतह समेत बढिरहेका बेला यस्ता सहरहरू बचाउन सकिन्छ ?

सन् १८८९ को सेप्टेम्बर २७ मा स्टिलको अस्थिपञ्जरबाट बनेको एक ११ तले भवनलाई कामदारहरूले अन्तिम रूप दिएका थिए।

त्यही भवनलाई न्यूयोर्कको पहिलो गगनचुम्बी भवन ठानिन्छ।

लामो समयअघि नै त्यो भवन भत्काइसकिएको छ। ब्रोडवेमा रहेको त्यो भवन निर्माणसँगै न्यूयोर्कमा अग्ला भवनहरूको निर्माण सुरु भयो र त्यो क्रम आजसम्म जारी छ।

कुल ७७७ वर्ग किलोमिटर क्षेत्रमा उभिएको न्यूयोर्क सहरमुनिको जमिन ७६ करोड टन कङ्क्रिट, सिसा र स्टिलले थिचिएको अमेरिकाको जीओलोजिकल सर्भे यूएसजीएसका अनुसन्धाताहरूको आकलन छ।

यो अनुमानमा भवनभित्र रहेका सामानहरूको वजन समेटिएको छैन। यसमा सहरलाई जोडेको यातायात सञ्जालको वजन र त्यहाँ बस्ने ८५ लाख मानिसको तौल पनि समेटिएको छैन।

सबै वजनको असाधारण प्रभाव यो सहर बनेको जमिनमा परिरहेको छ। यसै महिना प्रकाशित अध्ययन अनुसार यहाँको जमिन हरेक वर्ष १ देखि २ मिलिमिटर भासिइरहेको छ। भासिनुको आंशिक कारण सहरमा बनेका घरहरूको दबाव पनि हो।

बिबिसी

प्रतिक्रिया

सम्बन्धित समाचार