इजिप्टका राष्टपति अल सिसी र कुबेरका सबाहले प्यालेस्टाइनबारे गरे सस्तो प्रतिबद्धता

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले प्यालेस्टिनी जनतालाई अतिक्रमित क्षेत्रमा सुरक्षित, पर्याप्त र दिगो मानवीय सहायता उपलब्ध गराउने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

इजिप्टको राजधानी कायरोमा भएको भेटवार्तामा दुवै नेताले सो कुरालाई जोड दिएका हुन् ।

दुवै नेताले प्यालेस्टिनी समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले दुई–राज्यीय समाधान कार्यान्वयन गर्न र सन् १९६७ सिमानामा रहेको प्यालेस्टिनी राज्यलाई पूर्वी जेरुसेलमको राजधानी बनाएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार