काठमाडौं । इराककी टिकटक स्टार घुफ्रन सावदी जो उम फहदको गोली हानी हत्या भएको छ ।
प्रहरीका अनुसार बग्दादस्थित घरमा गोली हानी गतशुक्रबार राति उनको हत्या भएको हो । उनको हत्याको विवरण सर्भिलेन्स क्यामरामा कैद भएको छ ।
जसमा एक बन्दुकधारी मोटरसाइकलमा गएर गोली हानेको देखिन्छ । सावदीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
यसअघि अर्का टिकटकमा प्रख्यात व्यक्ति नूर अल्साफरको पनि सेप्टेम्बर २०२३ मा गोली हानी हत्या गरिएको थियो ।
देशको आन्तरिक मामिलासम्बन्धी मन्त्रीले सो घटनाको छानबिनको लागि विशेषज्ञ टोली खटाइने जनाएका छन् ।
सावदीले पप म्युजिकमा डान्स गरिरहेको भिडियो टिकटकमा सार्वजनिक गर्ने गरेकी थिइन् ।
इराकी न्यायपालिकाले त्यस खालको भिडियो इराकी समाजमा उपयुक्त नहुने जनाउँदै सावदीलाई ६ महिनाको जेल सजाय समेत सुनाएको थियो ।




प्रतिक्रिया