काठमाडौं । माैसम पूर्वानुमान शाखाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक तथा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने जनाएकाे छ ।
यस्तै महाशाखाले कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको जनाएकाे छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना छ ।




प्रतिक्रिया