१५सिटे, २० सिटेले कांग्रेस-एमाले तर्साए, अब पसलै बन्द गरिदि‍औं : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग नेपाली कांग्रेस र नेकपा एमालेलाई तर्साउने हरुलाई सदाका लागि बन्द गर्न आह्वान गरेका छन् ।

यात्रा संवादको तेस्रो चरणमा आइतबार बाँकेको खजुरामा आफ्ना धारणा राख्ने क्रममा उनले संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेसँग यस्तो प्रस्ताव गरेका हुन् ।

यस्तै, उनले नेकपा एमाले र नेपाली कांग्रेस मिलेमा संविधान नै संशोधन पनि गर्न सकिने उनको भनाइ छ ।

सो क्रममा उनले भने, ‘ ‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं,’ थापाले भने, ‘१५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस तर्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार