सार्कलाई निरन्तरता दिन संयुक्त राष्ट्रसंघको प्रतिबद्धता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तरता दिनका लागि सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकाको औपचारिक भ्रमणमा रहेका सार्क महासचिव गोलाम सरवारसँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा भएको शिष्टाचार भेटका क्रममा गुटेरेसले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

भेटका क्रममा उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर प्राप्त सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

केही समययता सार्क सचिवालय बैठक बस्न सकेको छैन । सन् १९८५ मा स्थापना भएको सार्कको सबैभन्दा पछिल्लो बैठक नेपालमा बसेको थियो । तर, सार्क सम्मेलन पाकिस्तानमा हुने भनी भनिएको थियो ।

तर, पाकिस्तान र भारतबीच जम्बुकास्मिर विवादका कारण सार्क सम्मेलनमा पनि प्रभाव परेको छ । अहिले पनि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार