मेयर बालेनको चरित्र हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको चरित्र हत्या गरेको अभियोगमा एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी छन् ।

प्रहरीका अनुसार महानगरपालिका अन्तर्गत स्वास्थ्य विभागमा काम गर्ने रामप्रसाद पौडेल पक्राउ परेका हुन् ।

यसअघि मेयर बालेनले पौडेललाई पुष २६ गते निलम्बन गरेका थिए । सोहि आवेगमा पौडेलले मेयर बालेन विरूद्ध सामाजिक संजालमा स्टाटस लेखेका थिए ।

उनले लेखेका थिए, ‘मेयर बालेनले नियुक्त गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ यो नगरवासीले तिरेको कर हो, उनको नियत नै रहेछ, उटपट्याङ गरी रहौँ, आखिर म त लोकप्रिय हुन्छु रु अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु’ ।

जसपश्चात सम्मित पोखरेलले मेयर बालेनको चरित्र हत्या गरेको आरोपमा पौडेलविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार