चीनमा परराष्टमन्त्रीस्तरीय मन्त्रिमण्डलबीच वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिने चीन भ्रमणमा छन् । भ्रमणका क्रममा तेस्रो दिन मंगलबार परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलको वार्ता भएको छ ।

वार्तामा यसअघि दुई देशबीचका महत्वपूर्ण विषयमा छलफलका लागि बनेको सचिवस्तरको संयन्त्रलाई परराष्ट्र मन्त्रीस्तरीय बनाउने सहमति भएको छ ।

नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन् १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा उक्त संयन्त्र गठन भएको थियो । यसको १५औं बैठक अघिल्लो वर्षको चैतमा बेइजिङमा भएको थियो ।

प्रतिक्रिया