गाजामा युद्धविराम रोक्न सुरक्षा परिषद्बाट पारित भएपछि इरानद्वारा अमेरिका भ्रमण रद्द

काठमाडौं । संयुक्त राष्टसंघको सुरक्षा परिषद्बाट गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव पास भएको छ ।

योसँगै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्द गरेको छ ।

चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे ।

यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए ।

चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ । यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन् ।

 

प्रतिक्रिया